logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चितवनमा हेटौंडाका कोरोना संक्रमित वृद्धको मृत्यु


अंकुरण खबर
767
Shares

चितवनको भरतपुर अस्पतालमा कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–६ का ८२ वर्षीय वृद्धको विहीबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

कात्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएका उनी ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि बुधबार अस्पताल भर्ना भएका थिए ।

स्वास्थ्य अवस्था थप जटिल हुँदै गएपछि कोभिड आइसियूमा राखी उपचार गर्दागर्दै उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।