logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतीय सेनाध्यक्ष नरवणेले जंगी अड्डा परिसरमा रोपे ओखरको विरुवा


अंकुरण खबर
2.795K
Shares

नेपाल भ्रमणमा रहेका भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेले नेपाली सेनाको मुख्यालय जंगी अड्डामा ओखरको विरुवा रोपेका छन् ।

नेपाली सेनाको एक टुकडीले दिएको सम्मान गारतको निरीक्षण गरेपछि नरवणेले बिहीबार जङ्गी अड्डा परिसरमा ओखरको बिरुवा रोपेका हुन् । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपालको तीन दिने भ्रमणका लागि उनी बुधबार काठमाडौं आइपुगेका थिए ।

अहिले सैनिक मुख्यालयमा नेपाली सेनाका प्रधानसेनापति थापा र भारतका स्थलसेनाध्यक्ष जनरल नरवणेबीच औपचारिक भेटवार्ता शुरु भएको स्रोतले जनाएको छ ।

यसअघि स्थलसेनाध्यक्षले बिहान सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा श्रद्धाञ्जलि अर्पण गरेका थिए । दुई देशबीचको सुरक्षा सहयोग आदानप्रदानसम्बन्धि तेह्रौँ बैठकमा भएको सहमतिअनुरुप स्थलसेनाध्यक्ष नरवणेले सैनिक मुख्यालयमा केही बेरमै नेपाली सेनालाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट सेनापति नरवणेलाई बिहीबार नै नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिने छ । नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने भारतीय स्थलसेनाध्यक्ष जनरल नरवणे १८औँ सेनापति हुन् । उनी शुक्रबार स्वदेश फर्किने छन् ।