logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रौतहटमा हनुमान मन्दिरका पूजारी हत्या प्रकरण : २ जना आरोपी जेल चलान


अंकुरण खबर
741
Shares

रौतहटको माधवनारायण नगरपालिका–२ खेसरैयास्थित हनुमान मन्दिरका पूजारी हत्याको अभियोग लागेका २ जना पुर्पक्षका लागि जेल चलान भएका छन् ।

जिल्ला अदालत रौतहटको आदेशानुसार पूजारी श्रीराम साहको हत्या अभियोगमा पक्राउ परेका २ जनलाई पुर्पक्षका लागि जेल चलान गरिएको हो ।

गत भदौ ३ गते राति करिब ९ बजेतिर पूजा सकेर खाना खान बसेका बेला हनुमान मन्दिरका पूजारी साहको गोली हानी हत्या गरिएको थियो ।

हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले भदौ १७ गते रौतहटकै देवाही गोनाही नगरपालिका–१ करुनीयाका रामनरेश पटेल र जयनारायण राउत पटेललाई पक्राउ गरेको थियो ।

पक्राउ परेका दुवैजनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालय रौतहटमार्फत जिल्ला अदालतमा बुझाएको थियो ।

अदालतले दुवै जनालाई मुद्दाको पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो ।