logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु


अंकुरण खबर
559
Shares

सेती प्रादेशिक अस्पतालमा उपचाररत थप १ जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

कोरोना अस्थायी अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–५ का ९२ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए ।

निमोनिया भएर कात्तिक १७ गते अस्पताल भर्ना भएका उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा बिहीवार बिहान ५:३७ बजे उनको मृत्यु भएको श्रेष्ठले जानकारी दिए ।