logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिम बंगलादेश प्रस्थान


अंकुरण खबर
780
Shares

बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिम त्यसतर्फ प्रस्थान गरेको छ ।

२५ खेलाडीसहित ३४ सदस्सीय नेपाली टोली आज विहान बंगलादेश गएको हो । नेपाली टोलीलाई अखिल नेपाल फुटवल संघ ‘एन्फा’ले बुधबार नै विदाई गरिसकेको छ । नेपालले बाल गोपाल महर्जनको प्रशिक्षणमा कात्तिक २८ र मंसिर २ गते बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।

फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेलमा सहभागिता जनाउन लागेको हो । २०७५ भदौमा साफ च्याम्पियनसीपपछि नेपाल र बंगलादेश पहिलो पटक भिडन लागेका हुन् ।