logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

बिपी प्रतिष्ठान धरानमा तीन जना कोरोना संक्रमितको मृत्यु


अंकुरण खबर
819
Shares

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ।

मोरङका ५९ वर्षीय पुरुष, राजविराज-१, सप्तरीका २३ वर्षीया महिला र राजविराज-८, सप्तरीका ६५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।

मोरङका पुरुषको आज बिहान ३ बजे मृत्यु भएको हो । उनलाई यही कात्तिक ९ गते अस्पताल भर्ना गरिएको थियो। उनमा सोही दिन कोरोना पुष्टि भएको थियो।

यसैगरी राजविराजकी २३ वर्षीया महिलाको पनि आज बिहान सवा ३ बजे मृत्यु भएको हो। कात्तिक १८ गते कोरोना पुष्टि भएकी उनलाई १९ गते अस्पताल भर्ना गरिएको थियो।

यस्तै राजविराजका पुरुषको मृत्यु आज बिहान ८ बजे भएको अस्पतालले जनाएको छ। यही कात्तिक १५ गते अस्पताल भर्ना भएको उनको सोही दिन कोरोना पुष्टि भएको थियो।