logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतीय सेनाले दियो भेन्टिलेटरसहितको स्वास्थ्य सामग्री, नेपाली सेनाले दियो नेपालमै निर्मित १ लाख मास्क


अंकुरण खबर
2.197K
Shares

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले भारतीय सेनाको लागि नेपालमै निर्मित एक लाख थान मेडिकल मास्क पठाएका छन् ।

सैनिक प्रवक्ता तथा सहायकरथी सन्तोष बल्लभ पौडेलका अनुसार बिहीबार सैनिक मुख्यालय जंगी अड्डामा नेपाल भ्रमणमा रहेका भारतीय स्थलसेनाध्यक्ष जनरल मनोज नरवणेको सम्मानमा आयोजित एक समारोहका बीच प्रधानसेनापति थापाले भारतीय सैनिकका लागि भन्दै आफ्ना समकक्षीलाई एक लाख थान मास्क हस्तान्तरण गरेका हुन् ।

समारोहमा प्रधानसेनापति थापाले शान्तिको प्रतिक भगवान बुद्धको प्रतिमा समेत सेनाध्यक्ष नरवणेलाई प्रदान गरेको प्रवक्ता पौडेलले जानकारी दिए ।

यता, सेनाध्यक्ष नरवणेले नेपाली सेनाका दुई फिल्ड अस्पताललाई आवश्यक स्वास्थ्य सामग्री समेत हस्तान्तरण गरेका छन् । सेनाध्यक्ष नरवणेले नेपाली सेनालाई एक्स–रे केसिन, आईसीयू भेन्टिलेटर, भिडियो इण्डोस्कोपी युनिट, एनेस्थेसीया मेसिन, एम्बुलेन्सलगायको स्वास्थ्य सामग्री प्रदान गरेका हुन् ।

यसपछि सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ । शीतल निवासमा हुने विशेष कार्यक्रममा राष्ट्रपति विदादेवी भण्डारीले नरवणेलाई मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान गर्नेछिन् ।