logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेप्सेको ओरालो यात्रा कायमै


अंकुरण खबर
663
Shares

बुधबार ३ अंक माथिले ओरालो लागेर बन्द भएको सेयर बजार बिहीबार पनि घटेको छ ।

सेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार ४.४७ अंकले ओरालो लागेर १ हजार ६ सय ३६ दशमलव १७ अंकमा पुगेको हो ।

‘क’ वर्गका कम्प्नीहरुको कारोबार मापक गर्ने सेन्सेटिभ इन्डेक्स पनि ओरालो लागेको छ । सेन्सेटिभ इन्डेक्स २ दशमलव १४ अंकले घटेर ३२४ दशमलव ३६ अंकमा झरेको छ । नेप्से परिसूचक घटे पनि कारोबार रकममा भने उल्लास देखिएको छ ।

बुधबार १ अर्ब ७५ करोड रुपैयाँको मात्रै कारोबार भएकोमा बिहीबार करिब ३ अर्ब रुपैयाँको कारोबार भएको छ । दिनभर भएका ३५ हजार ३ सय ३५ कारोबारबाट २ सय कम्पनीका ९१ लाख २३ हजार ८ सय ९६ कित्ता सेयर किनबेच भएका छन् ।

जसअनुसार कारोबार रकम २ अर्ब ८४ करोड २४ लाख ६९ हजार १ सय ७७ रुपैयाँको कारोबार भएको छ ।