logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ह्वाइट हाउस जान बाइडेनको तयारी, शुरु गरे ‘बिल्ड ब्याक बेटर’ नामको संक्रमणकालीन वेबसाइट


अंकुरण खबर
741
Shares

अमेरिकी राष्ट्रपति पदका डेमोक्रेटिक उम्मेदवार पूर्वउपराष्ट्रपति जो बाइडेन जीत सुनिश्चित देखिएपछि राष्ट्रपति कार्यालय ह्वाइट हाउस जाने तयारीमा जुटेका छन् ।

जीतको औपचारिक घोषणा भएको छैन भने चुनावी परिणामको अनुमानहरुमा पनि बाइडेनका लागि अझै ६ सीट कम देखिएको छ । यद्यपि, उक्त सीट मतगणना भइरहेको नेभादा राज्यबाट जुटाउने आंकलन गरिएको छ ।

ह्वाइट हाउस प्रवेशको तयारी स्वरुप बाइडेनले ‘बिल्ड ब्याक बेटर’ नामको ट्रान्जिसन वेबसाइट शुरु गरेको बीबीसीले जनाएको छ ।

अमेरिकामा राष्ट्रपति निर्वाचन जित्ने उम्मेदवारले ह्वाइट हाउस प्रवेश गर्नुपूर्व एक ट्रान्जिसन टिम अर्थात् संक्रमणकालीन समूह बनाउने परम्परा रहेको छ ।

मतगणनाको प्रारम्भिक अवस्थामै आफूले आफैलाई विजयी घोषणा गरेका वर्तमान राष्ट्रपति ट्रम्प मतगणना सकिने समयतिर आउँदा पराजय ब्यहोर्नुपर्ने अवस्थामा पुगेका छन् भने उनले निर्वाचन परिणामविरुद्ध अदालतमा उजुरी दिएका छन् ।

बाइडेनद्वारा सार्वजनिक वेबसाइटमा भनिएको छ, ‘मुलुकले महामारीदेखि आर्थिक मन्दी, जलवायु परिवर्तनदेखि जातीय अन्यायसम्मका संकट सामना गरिरहेकाले ट्रान्जिसन टिमले पूर्ण गतिका साथ आफ्नो तयारी गर्नेछ । जसको आधारमा बाइडन–ह्यारिस प्रशासनले पहिलो दिनबाट नै काम गर्न सकोस् ।’

यसैबीच, बाइडेनले आफू राष्ट्रपति बनेको पहिलो दिन नै पेरिस जलवायु सम्झौतामा फेरि अमेरिका सामेल हुने घोषणा गरेका छन् ।