logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा पछिल्लो २४ घण्टामा थप ३०५१ जनामा कोरोना पुष्टि, ३४३० जना डिस्चार्ज


अंकुरण खबर
1.222K
Shares

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५१ जना कोरोना संक्रमित थपिएका छन् ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८५ हजार ९ सय ७४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ३ हजार ४ सय ३० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ४८ हजार ४ सय ४ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप १८ जनाको कोरोनाबाट मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ५२ पुगेको छ।