logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थपिए १३९८ जना कोरोना संक्रमित


अंकुरण खबर
1.547K
Shares

काठमाडौं उपत्यकामा बिहिबार थप १ हजार ३ सय ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका १ हजार ९१ जना, भक्तपुरका १ सय ४७ जना र ललितपुरका १ सय ६० जनामा संक्रमण पुष्टि भएको हो।

हाल काठमाडौंमा १६ हजार ३ सय ३१, भक्तपुरमा १ हजार २ सय ४८ र ललितपुरमा २ हजार २ सय ७६  जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५१ जना कोरोना संक्रमित थपिएका छन्।