logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाले गौरीगंगा नगरपालिकाका वडा अध्यक्षको मृत्यु


अंकुरण खबर
2.496K
Shares

कोरोना संक्रमणका कारण कैलालीको गौरीगंगा नगरपालिकाका वडा नम्बर ३ का वडा अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता नरेन्द्रबहादुर शाहको मृत्यु भएको छ ।

नेकपाका जिल्ला कमिटी सदस्य दीर्घ जोशीका अनुसार ६३ वर्षीय शाहको शुक्रबार विहान ६ : २५ बजे मृत्यु भएको हो ।

शाह विगत १० दिनदेखि सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा उपचार गराइरहेका थिए ।

शाह नेकपाको गौरीगंगा नगर कमिटीको सचिवालय सदस्य पनि थिए ।

सोही क्षेत्र अर्थात कैलाली क्षेत्र नम्बर ४ (१) बाट निर्वाचित प्रदेश सभा सदस्य तथा पूर्व सामाजिक विकासमन्त्री दीर्घ सोडारीले शाहको निधनले आफू निक्कै दु्ःखी भएको बताएका छन् ।