नेपाली बजारमा शुक्रबार सुनको मूल्य एक हजार रुपैयाँले बढेको छ ।
आज छापावाला सुनको मूल्य एक हजार रुपैयाँले बढेर ९७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन छापावाला सुन ९६ हजार दुई सयमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिनको तुलनामा चाँदी ४५ रुपैयाँले बढी हो ।
शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ४० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।