logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतीय सेना प्रमुख नरावणेले प्रधानमन्त्री ओलीसँग भेटघाट गर्दै


अंकुरण खबर
1.43K
Shares

नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख मनोजमुकुन्द नरावणेले शुक्रवार (आज) प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गर्ने भएका छन् ।

पूर्व निर्धारित कार्यतालिका अनुसार नरावणले प्रधानमन्त्री ओलीसँग भेट्ने भएका हुन् । आज दिउँसो २ बजेको समयमा भेटघाटको कार्यक्रम तय भएको स्रोतले जनाएको छ ।

नरावणे गत बुधवार नेपाली सेनाको मानार्थ महारथीको उपाधी लिन नेपाल आइपुगेका थिए । बुधवार र बिहीवार उनले भेटघाट, विभिन्न ठाउँको अवलोकन तथा सम्मान ग्रहण गरेका छन् । आज प्रधानमन्त्री ओलीसँगको भेटघाटपछि स्वदेश फर्किनेछन् ।

नेपाल भारतमा एक अर्का देशका सेना प्रमुखलाई मानार्थ महारथिको सम्मान दिने परम्परा लामो समयदेखि चल्दै आइरहेको छ । उनी नेपालमा मानार्थ महारथिको सम्मान लिने १८ औँ व्यक्ति हुन् ।

नेपाल भारतको सीमा बिबाद चलिरहेका बेला प्रधानमन्त्री ओली र नरावणेबीचको भेटघाटलाई चासोको रुपमा हेरिएको छ । ओली र नरावणेबीच केही महत्वपूर्ण विषयमा छलफल हुनसक्ने बताइएको छ ।