धौलागिरि अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
बाग्लुङ नगरपालिका–२ का ८० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाकारी दिएको छ।
उनी कात्तिक १९ गते श्वासप्रश्वासमा समस्या भई आकस्मिक कक्षमा भर्ना भएका थिए। उनको उपचारका क्रममा कात्तिक १९ गते दिउँसो साढे १ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार उनको आज कोरोना पृष्टि भएको छ। योसँगै धौलागिरि अस्पतालमा मृत्यु हुने संक्रमितको संख्या दुई पुगेको छ।