logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रचण्डले डाकेको सचिवालय बैठकमा बादल नजाने


अंकुरण खबर
1.391K
Shares

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको अनौपचारिक बैठकमा सचिवालय सदस्य समेत रहेका गृहमन्त्री रामबहादुर थापा बादल उपस्थित नहुने भएका छन् ।

पछिल्लो समय पार्टीभित्र बढ्दै गएको विवाद छलफलका माध्ययमबाट समाधान खोज्न प्रचण्डले बोलाएको अनौपचारिक बैठकमा नजाने कारणबारे बादलले केही बताएका छैनन् ।
दिउँसो ३ बजेका लागि पार्टी कार्यालय धुम्बाराहीमा बोलाइएको बैठकमा पूर्व माओवादी पक्षका नेता बादल नजाने भएपछि बैठक बस्ने वा नबस्ने अन्योल बढेको छ ।
पूर्व माओवादी खेमाका बादल पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली निकट छन् । नेकपाका अध्यक्ष समेत रहेका ओलीसँग असन्तुष्ट सचिवालय बैठकमा थापा पुग्ने गरेपनि आजको बैठकमा नजाने भएका हुन् ।
पार्टीका अर्का अध्यक्ष ओलीसँग टकराव बढेका बेला प्रचण्डले आफूखुसी बोलाएको बैठकमा ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल समेत अनुपस्थित हुने स्रोतले बताएको छ ।
यसअघि बिहीवार ओली र प्रचण्डबीच बालुवाटारमा करिव ३ घण्टा भेटघाट भएको थियो । चुलिएको पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि अध्यक्षद्वयबीच भेटघाट भएपनि कुनै निष्कर्ष भने निस्किन सकेको थिएन।