logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

नेपालमा थप २९०९ जनामा कोरोना संक्रमण पुष्टि, ४५ सय डिस्चार्ज


अंकुरण खबर
1.274K
Shares

नेपालमा थप २९०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शुक्रबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप २९०९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै कोरोना संक्रमितको संख्या १ लाख ८८  हजार  ८८३ पुगेको छ भने अहिलेसम्म १ लाख ५२ हजार ९०८  जना संक्रमणमुक्त भएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबारमात्रै ४५०० जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १०७० पुगेको छ।