नेपालमा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा देशभर २ हजार ९०९ जना संक्रमित भएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ।
हाल देशभर ३४ हजार ९०५ जना सक्रिय संक्रमित छन्। कोरोनाको आशंकामा हालसम्म १५ लाख १७ हजार ३४३ जनाको पिसिआर परीक्षण भएको छ।