logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विद्युत प्राधिकरणका इन्जिनियर १० लाख रुपैयाँ घुससहित पक्राउ


अंकुरण खबर
793
Shares

नेपाल विद्युत प्राधिकरणका एकजना इन्जिनियर १० लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

विद्युत प्राधिकरणको हेटौंडा-भरतपु-बर्दघाट २२० केभीए प्रसारण लाइन आयोजना हेटौंडाका प्रमुख (इन्जिनियर, नवौं तह) इश्वरीप्रसाद जयसवाल १० लाख रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।

पूर्व सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान अयोगको हेटौंडास्थित कार्यालयबाट खटिएको टोलीले जयसवाललाई हेटौंडाबाटै घुस लिँदा लिँदै पक्राउ गरेको हो ।

अख्तियारका अनुसार जयसवालले निर्माणाधीन प्रसारण लाइनभित्र पर्ने रुखहरु कटान गरी ढुवानी तथा घाटगद्धी कार्य सम्पन्न गरेबापत रकम भुक्तानी दिनका लागि सेवाग्राहीसँग १० लाख घुस माग गरेका थिए ।

सोही सूचनाको आधारमा गएको अख्तियारको टोलीले जयसवाललाई रंगेहात पक्राउ गरेको हो ।