काठमाडौं उपत्यकामा थप १३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार शुक्रबार गरिएको परीक्षणमा काठमाडौंका १०३० जना, भक्तपुरका १२१ जना र ललितपुरका १८७ जनामा कोरोना संक्रमित थपिएका छन् ।
यस्तै, शुक्रबार नेपालमा थप २९०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै कोरोना संक्रमितको संख्या १ लाख ८८ हजार ८४३ पुगेको छ ।