logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घन्टायता ४५ सय कोरोना संक्रमित संक्रमणमुक्त


अंकुरण खबर
767
Shares

पछिल्लो २४ घन्टामा देशभर ४५ सय जना संक्रमणमुक्त भएका छन्।

योसँगै हालसम्म १ लाख ५२ हजार ९ सय ८ पुगेको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आज देशभर २ हजार ९ सय ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ८८ हजार ८ सय ८३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ३४ हजार ९ सय ५ जना सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घन्टामा १८ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या १०७० पुगेको छ।