logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अमेरिका चुनाव : बाइडेनको अग्रता, नतिजा नआउँदै विजेता घोषित नगर्न ट्रम्पको चेतावनी


अंकुरण खबर
806
Shares

अमेरिकाको आगामी राष्ट्रपतिका लागि रिपब्लिकन पार्टीबाट उम्मेदवार डोनाल्ड ट्रम्पले चुनावको अन्तिम नतिजा आउनुअघि नै आफूलाई विजेता घोषित नगर्न चेतावनी दिएका छन् ।

ट्वीट गर्दै प्रतिद्वन्द्वी डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनलाई राष्ट्रपतिमा गलत दाबी नगर्न भनेका हुन् ।

कानुनी प्रक्रिया भर्खरै शुरु भएकाले त्यस्तो दाबी आफु पनि गर्न सक्ने उनको भनाइ छ । बाइडेनले मत धेरै ल्याएका राज्यमा ट्रम्पले चुनावमा धाँधली भएको भन्दै पुनः मत गणनाका लागि अदालतमा मुद्दा हालेका छन् ।

ट्रम्पको निर्वाचन अभियान समूहले पनि बिनाप्रमाण जोर्जिआमा मतपत्रहरू ’गलत तरिकाले ल्याइएको’ र पेन्सिल्भेनियामा पर्यवेक्षणहरूलाई ’अर्थपूर्ण पहुँच’ नदिइएको दाबी गरेको छ ।

अमेरिकामा मंगलबार भएको चुनावको मतगणना जारी छ । अधिकांश अरु पदको नतिजा आए पनि राष्ट्रपति चुनावको नतिजा केही‘निर्णायक राज्यहरुमा गएर अड्किएको छ । अहिले नर्थ क्यारोलाइना र अलास्का बाहेकका चार राज्यहरुमा बाइडेनले आफ्नो अग्रता कायम राखेका छन् ।

बाइडेनले २० तथा १६ इलेक्टोरल कलेज मत रहेको पेन्सिलभेनिया र जर्जिया राज्यमा ट्रम्पलाई पछि पारेर अग्रता लिएका छन् । यस्तै उनले नेभाडा र एरिजोनामा आग्रता कामय राखेका छन् । एरिजोनामा उनको अग्रता केही कम भएको छ । नेभाडामा ६ र एरिजोनामा ११ इलेक्टोरल कलेज मत छ ।

बाइडेनले रिपब्लिकन राज्य एरिजोना र जर्जिया पनि जित हाँसिल गर्ने देखिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकामा राष्ट्रपतिमा निर्वाचित हुनका लागि ५ सय ३८ मध्ये २ सय ७० इलेक्टोरल कलेज मत चाहिन्छ । एजेन्सी