निकै चासोको विषय रहेको अमेरिकी राष्ट्रपति पदको निर्वाचनमा जो बाइडनले बिजय प्राप्त गरे ।
राष्ट्रपति पदमा निर्वाचित भए पछि बाइडनले पहिलो भाषण दिएका छन् । बीबीसीका अनुसार उक्त भाषणमा बाइडनले आफु निर्वाचित हुनु आम जनता निर्वाचित भएजस्तो अनुभुत भएको र आफूले ऐतिहासिक रुपमा सर्वाधिक भोट पाएको बताएका छन् ।
उनले भने, ‘अमेरिकी जनताले स्पष्ट जनादेश दिएका छन् । यो जीत तपाईंको हो । हामीले ७.४ करोड भोट पाएका छौं र यति भोट आजसम्म कहिले पनि पाएका छैनन् ।’
उनले आफु अब कुनै पार्टीको मात्र भन्दा पनि सिंगो अमेरिकाको राष्ट्रपतिभएकाले सबैलाई समेटेर अगाडी बढ्ने र संगै काम गर्ने बताएका छन् ।