बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून)को प्रारम्भिक साधारण सभाबाट बागमती प्रदेश सभा सदस्य प्रकाश श्रेष्ठ वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् ।
शनिबार भएको प्रारम्भिक साधारण सभाबाट सांसद् श्रेष्ठ ४ वर्षे कार्यकालका लागि वरिष्ठ उपाध्यक्षमा सर्वसंवत चुनिएका हुन् ।
१७ जनाको कार्यसमिति रहेको संघले वाग्मती प्रदेश भित्रका सबै जिल्लामा रहेका बचत तथा ऋण सहकारी संस्थाहरुलाई व्यवस्थित गर्दै, संवृद्ध राष्ट्रको लागि सहकारीलाई मेरुदण्डको रुपमा परिचालित गर्न लागिपर्ने सांसद् श्रेष्ठले बताए ।
