logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

झापामा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु


अंकुरण खबर
715
Shares

झापामा कोरोना भाइरस संक्रमणबाट आइतबार बिहान दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भद्रपुर नगरपालिका ५ मा बस्ने पूर्व गाविस सचिव तथा नेपाल जेसिजका पूर्वराष्ट्रिय उपाध्यक्ष हुन्।

दीर्घरोगी समेत रहेका ६२ ती पुरुषले कार्तिक २१ गते मेची प्रादेशिक अस्पतालमा पीसीआर परीक्षणका लागि स्वाब दिएको वडा नम्बर ५ का वडाअध्यक्ष बन्धु कार्कीले बताए । मृतक पुरुषको रिर्पोट आइतबार बिहान मात्र आएको हो।

उनको दाहसंस्कार कनकाई नदीमा नेपाली सेनाको टोलीले गर्नेछ ।

त्यसैगरी अर्जुन धारा नगरपालिका ६ की ८१ वर्षीया महिलाको पनि कोरोना संक्रमणकै कारण आइतबार बिहान मृत्यु भएको छ ।

रुघा र ज्वोरो बढ्दै गएपछि विराट मेडिकल कलेज विराटनगरमा उपचाररत रहेकी वृद्धाको पीसीआर परीक्षणको रिर्पोट शनिबार पोजिटिभ आएको थियो ।

यो सँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६४ पुगेको छ ।