logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

पार्किङ गरी राखेको बसमा शव भेटियो, सनाखत हुन सकेन


अंकुरण खबर
910
Shares

काठमाडौं महानगरपालिका–१६ बालाजु चोकमा एक जना मृत फेला परेका छन्।

पार्किङ गरी राखेको बा.२ ख १०९ नम्बरको बसमा अन्दाजी ३५ वर्षी पुरूषको शव फेला परेको हो।

उनी सोही स्थानमा भरियाको काम गर्ने गरेको अनुसन्धानबाट खुलेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

शवको हालसम्म सनाखत भएको छैन। प्रहरीले अनुसन्धान थालेको जनाएको छ।