चितवन मेडिकल कलेजमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
लमजुङको मध्यनेपाल नगरपालिका–२ का ४७ वर्षीय पुरूषको आइतबार बिहान मृत्यु भएको हो । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखापरेपछि उनी अस्पताल भर्ना भएका थिए। उनमा कात्तिक २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
संक्रमण पुष्टि भएपछि उनलाई मेडिकल कलेजको कोभिड आईसीयू कक्षको भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो ।