logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेताहरुको बाहुल्यता रहनेगरी सचिवालयको पुनर्गठन सुरु गरौं : गोकुल बास्कोटा


अंकुरण खबर
1.573K
Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद तथा पूर्वसंचारमन्त्री गोकुल बास्कोटाले नेकपाको सचिवालयमा नयाँ पुस्ताका नेताहरुको बाहूल्य रहने गरी पुनर्गठन गर्न माग गरेका छन् ।

नेकपामा शीर्ष नेताहरुबीच विवाद बढीरहेको समयमा सांसद बास्कोटाले सामाजिक सञ्जालमार्फत सचिवालयको पुनर्गठनबाट नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरणको काम सुरु गर्न सुझाएका हुन् ।

यस्तो छ बाँस्कोटाको  ट्विट:

‘नयाँपस्तालाई नेतृत्व हस्तान्तरण गर्ने प्रकृया पार्टी सचिवालयमा पुराना भन्दा नयाँ पुस्ताका नेताहरुको बाहुल्यता रहने गरी सचिवालयको पुनर्गठनबाट सुरु गरौँ। कमसेकम दुई कार्यकालका झन्झटपुर्ण खेल खत्तम’ ।

यसो गरेमा कम्तिमा दुई कार्याकालका झन्झटपूर्ण खेल खत्तम हुने उनको भनाई छ ।