logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री ओलीलाई भेट्न माधव नेपाललगायतका चार नेता बालुवाटारमा


अंकुरण खबर
1.859K
Shares

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।

पार्टीभित्र विवाद चर्किरहेको बेलामा नेता नेपाललगायतका चार नेता ओलीसँग वार्ता गर्न आज बालुवाटार पुगेका हुन् ।

नेकपानिकट एक नेताले दिएको जानकारी अनुसार प्रधानमन्त्री ओलीलाई भेट्न नेता नेपाल, स्थायी कमिटी सदस्यहरु डा.भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्त बालुवाटार पुगेका छन् ।

हिजो मात्रै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले अध्यक्ष ओलीसँग भेटवार्ता गरेर पार्टीको बैठक बोलाउन लिखित रुपमै आग्रह गरेका थिए ।