logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाबाट एक व्यक्तिको मृत्यु र संक्रमित भेटिएपछि श्रीनगर बजार सिल


अंकुरण खबर
1.651K
Shares

सल्यान श्रीनगरका एक व्यक्तिको कोरोना भाइरसका कारण मृत्यु भएको पुष्टि भएपछि श्रीनगर बजार क्षेत्रलाई सिल गरिएको छ ।

शारदा नगरपालिका वडा नं. १ ले एक विज्ञप्ती जारी गर्दै कार्तिक २३ गते विहान १० बजे देखि कार्तिक २९ गते सम्म बजार क्षेत्र सिल गरिएको हो । लक्षण सहितका संक्रमित भेटिन थालेपछि आवश्यक सर्तकता र रोकथामका लागि बजार सिल गरिएको वडाध्यक्ष नवराज बुढाथोकीले जानकारी दिए ।

विहान ६ देखि १० बजे सम्म सुरक्षा सावधानी अपानाएर बजार खोल्न दिने र त्यसपछिको समयमा अत्यावसकीय बाहेकका सबै पसल बन्द गर्न समेत विज्ञप्तीमा आव्हान गरिएको छ ।

कोरोनका कारण ज्यान गुमाएका व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्ति र उपचारमा संलग्न व्यक्तिहरु होम क्वारेन्टाइनमा बस्न समेत बडाले आग्रह गरेको छ ।

वडा कार्यालयले जारी गरेको बिज्ञप्ती सहित :