अमेरिकाको २०२० को राष्ट्रपतिय निर्वाचन डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले जितेका छन् ।
यो सँगै अब उनी अमेरिकाको ४६ औं राष्ट्रपति हुने निश्चित भएको छ । तर, प्रतिस्पर्धी उम्मेद्वार डोनाल्ड ट्रम्पले अझै हार स्वीकार गरेका छैनन् ।
बाइडेनले चुनावमा धाँधलीको गरेको आरोप लगाउँदै आएका ट्रम्पले आफूले आफैलाई चुनाव जितेको घोषणा गरेका छन् । यसैबीच, राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्याईं जेर्ड कुश्नरले आफ्ना ससुरा ट्रम्पलाई राष्ट्रपतिय निर्वाचनको हारलाई स्वीकार गर्न आग्रह गरेका छन् । कुश्नर ट्रम्पकी छोरी इभान्काको श्रीमान हुन् ।
ट्रम्पका सल्लाहकार समेत रहेका कुस्नरले यस्तो आग्रह गरेको अमेरिकी समाचार एजेन्सी सिएनएनले जनाएको छ ।
अमेरिकामा राष्ट्रपति बन्न २७० इलेक्टोरल मत आवश्यक हुन्छ । बाइडेनले २७० भन्दा बढी इलेक्टोरल मत पाएको बताइएको छ । ट्रम्पले भने बाइडेनले धाँधली गरेको आरोप लगाउँदै आएका छन् ।