logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा थप २,८१७ जनामा कोरोना संक्रमण पुष्टि, २,८१२ जना डिस्चार्ज


अंकुरण खबर
754
Shares

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय १७ जना कोरोना संक्रमित थपिएका छन् ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार २ हजार ८ सय १२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ५७ हजार ९ सय २६ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ४ सय १९ रहेको छ भने १ हजार १ सय ४९ जना क्वारेन्टिनमा छन् ।

पछिल्लो २४ घण्टामा थप २१ जनाको कोरोनाबाट मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार १ सय ८ पुगेको छ ।