logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विश्वमा तीन करोड ५७ लाख ७९ हजार बढी संक्रमित उपचारपछि निको भए


अंकुरण खबर
1.3K
Shares

विश्वभरमा तीन करोड ५७ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् ।

सोमबार बिहानसम्ममा तीन करोड ५७ लाख ८० हजार एक सय ३३ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

हालसम्म विश्वमा पाँच करोड सात लाख १६ हजार ६ सय ३२ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये १२ लाख ६१ हजार ६ सय ६० जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा एक करोड ३५ लाख ८२ हजारभन्दा बढी सक्रिय संक्रमित छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म एक करोड दुई लाख ८४ हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये ६४ लाख ८१ हजारभन्दा बढी निको भएका छन् । त्यहाँ दुई लाख ४३ हजार सात सय ४० जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

त्यस्तै भारतमा हालसम्म ८५ लाख ५३ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये ७९ लाख १५ हजारभन्दा बढी निको भएका छन् । त्यहाँ कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख २६ हजार ६ सय ५३ पुगेको छ ।