logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तिहारको भाइटीकाको उत्तम साइत मंसिर १ गते बिहान ११:३७ बजे


अंकुरण खबर
2.288K
Shares

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत मङ्सिर १ सोमबार बिहान ११ बजेर ३७ मिनेट रहेको जनाएको छ ।

मङ्सिर १ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि समितिले समय निर्धारण गरेको हो ।

यस वर्ष यमपञ्चक कात्तिक २७ गतेदेखि शुरु हुँदैछ । कात्तिक २८ गते काग तिहार परेको छ । यसैगरी धनवन्तरी जयन्ती, धन त्रयोदशी र धनतेरस पर्व पनि यसै दिन परेको छ । कात्तिक २९ गते बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ ।

गाई, गोरु र म्हः पूजा भने कात्तिक ३० गते परेको छ । भाइटीकाकै दिन यस वर्ष नेपाल संवत् अनुसार नयाँ वर्ष मनाउनुपर्ने पनि समितिले जनाएको छ ।

यसै दिनदेखि नेपाल संवत् ११४१ सुरु हुन्छ । शास्त्रीय विधिअनुसार भाइपूजा वा किजापूजा पनि मङ्सिर १ गते नै मनाइन्छ ।