logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज पनि ५०० रुपैयाँले बढ्यो सुनको मुल्य


अंकुरण खबर
1.014K
Shares

पछिल्लो समय सुनचाँदीको भाउ निरन्तर बढ्दै गएको छ ।

आज सोमबार पनि छापावाला सुनको मुल्य तोलामा ५०० रुपैयाँले बढेको हो ।

आज छापावाला सुन तोलामा ५०० रुपैयाँले बढेर ९८ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाला सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार छापावाला सुनको मुल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुनको मुल्य ९७ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर १२८५ रुपैयाँ कायम भएको छ ।