नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी दिर्नेशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् ।
यसअघि निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालाको ठाउँमा ऊर्जा मन्त्रालयले सोमबार शाक्यलाई निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।
विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङ कार्यकाल सकिएर बिदा भएपछि ऊर्जा तथा जलस्रोत मन्त्रालयले कोइरालालाई निमित्त कार्यकारी निर्देशक तोकेको थियो ।
त्यतिबेला शाक्य एनईए इन्जिनियरिङ कम्पनीमा काजमा थिए । कम्पनीबाट काज फिर्ता गरेर शाक्यलाई निमित्त कार्यकारी निर्देशक नियुक्त गरिएको हो ।
यसअघि जुनियर उपकार्यकारी निर्देशकलाई निमित्त कार्यकारी निर्देशक नियुक्त गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको निर्णयप्रति आपत्ति जनाएका थिए ।
प्रधानमन्त्री ओलीकै ‘इच्छा’अनुसार शाक्यलाई प्राधिकरणको निमित्त कार्यकारी निर्देशक नियक्त गरिएको प्राधिकरणका एक अधिकारीले जानकारी दिए ।