logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमणको कारण मोरङमा दाजुभाईको मृत्यु


अंकुरण खबर
754
Shares

कोरोना संक्रमणको कारण मोरङमा ६ दिनको अन्तरमा एकै घरका दाजुभाइको मृत्यु भएको छ।

केराबारी गाउँपालिका–३ का ५९ वर्षीय दाजुको आइतबार र उनको ५७ वर्षीय भाइको कात्तिक १८ गते मृत्यु भएको हो।

कात्तिक ७ गते कोरोना संक्रमण पुष्टि भएका ५९ वर्षीय पुरूषको विराट मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो।

मृतकका भाईमा भने कात्तिक ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

मधुमेह र उच्च रक्तचापका बिरामी रहेका उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा कात्तिक १८ गते मृत्यु भएको हो।