नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा साताको दोस्रो दिन आज (सोमबार) झिनो अंकले बढेको छ ।
आज नेप्से ४.२२ अंकले बढेर १ हजार ६ सय ५२ दशमलव ८० विन्दुमा कायम भएको हो ।
नेप्सेका अनुसार आज ३ अर्ब ६९ करोड ९७ लाख २ हजार ७८१ को कारोबार भएको छ । आज कारोबार भएका समूहमध्ये ६ वटा समूह ओरालो लागेका छन् भने अन्य ६ वटा बढेका छन् ।
सोमबार कारोबार रकमको आधारमा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले अग्रता कायम गर्न सफल भएको छ । कम्पनीको ५५ करोड एक लाख ८१ हजार ४ सय ८५ रूपैयाँ बराबरको शेयर कारोबार भएको हो ।
यस्तै,आज कारोबारमा आएका कम्पनिमध्ये नेपाल रिइन्सुरेन्स कम्पनीले ५५ करोड १ लाख ८१ ह्जार ४८५ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ ।