नेपालमा सोमबार थप २५७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख ९७ हजार २४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १७९८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ५९ हजार ७ सय २४ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ११ हजार १ सय ७७ जनाको पीसीआर परीक्षण गरिएको छ ।