logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

अवैध लागुऔषधसहित पक्राउ


अंकुरण खबर
1.508K
Shares

झापामा अवैध लागुऔषध सहित एकजना पक्राउ परेका छन् ।

मेचीनगर नगरपालिका ६ काली मन्दिर नजिकबाट ३ ग्राम अवैध लागुऔषध ब्राउनसुगर सहित सोही नगरपालिका १४ बस्‍ने ३० वर्षीय कुमार बिकलाई प्रहरीले पक्राउ गरेको हो ।

सीमा प्रहरी चौकी नकलबन्दाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई जाँच गर्दा उक्त पदार्थ सहित फेला पारी पक्राउ प्रहरीले जनाएको छ ।