काठमाडौंको न्यूनतम तापक्रम आज ९ डिग्री सेल्सियस मापन गरिएको छ ।
यो हिजोको भन्दा १ डिग्री सेल्सियसले बढी हो । हिजो काठमाडौंको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियसमा झरेको थियो । बिहान बेलुका चिसो बढे पनि दिउँसोको समयमा आज घाम लाग्ने मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए ।
काठमाडौंको अधिकतम तापक्रम आज २२ देखि २४ डिग्रीसम्म पुग्ने अनुमान छ । मौसमविद् प्रधानाङ्गका अनुसार आज देशका धेरै ठाउँको मौसम सफा नै रहनेछ । दिउँसो पारिलो घाम लाग्ने छ ।
पश्चिम पहाडी क्षेत्रका एक/दुई ठाउँमा भने आंशिक रुपमा मौसम बद्ली हुने पूर्वानुमान गरिएको मौसमविद् प्रधानाङ्गले बताए । अन्य क्षेत्रको मौसम भने अबको एक/दुई दिन सफा नै रहने देखिएको छ ।