logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बन्दना राणा संयुक्त राष्ट्रसंघीय सिड कमिटिमा दोस्रो कार्यकालका लागि निर्वाचित


अंकुरण खबर
1.001K
Shares

बन्दना राणा महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसंघीय समिति (सिड) को सदस्यमा पुनः निर्वाचित भएकी छन् ।

उनी दोस्रो कार्यकालका लागि सिडको सदस्यमा निर्वाचित भएको संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी मिसनले जनाएको छ । न्यूर्योकमा सोमबार भएको कमिटिको २१ औँ बैठक अन्तर्गत भएको चुनावमा १३७ देशको मत पाएर राणा पुनः निर्वाचित भएकी हुन् ।

१९ उम्मेदवार मध्ये सर्वाधिक मत पाउनेको सूचिमा उनी तेस्रो स्थानमा रहिन् । सन् २०२१–२०२४ को कार्यकालका लागि निर्वाचित हुने ११ उम्मेदवार मध्ये उनी एक हुन् ।

नेपालकी राणासँगै नेदरल्याण्डस, बहमास, लिथुवानिया, घाना, अस्ट्रेलिया, मेक्सिको, लेबनान, फ्रान्स, फिलिपिन्स र चीनका विज्ञहरु पनि सिटका लागि निर्वाचित भएका छन् ।

राणा हाल सिड कमिटिकी उपाध्यक्ष पनि हुन् । सिड कमिटिमा रहेर काम गर्ने उनी पहिलो नेपाली हुन् । राणाले तीन दशकदेखि लैंगिक समानता र महिला अधिकारको पक्षमा काम गर्दै आएकी छन्।