logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अमेरिकी राष्ट्रपतिमा विजयी बाइडेनद्वारा कोरोना नियन्त्रणका लागि टास्कफोर्स गठन


अंकुरण खबर
689
Shares

अमेरिकी राष्ट्रपतिमा विजयी भएपछि जो बाइडेनले पहिलो काम अन्तर्गत कोरोना महामारी नियन्त्रणका लागि टास्क फोर्स गठन गरेका छन् । तीन सह अध्यक्ष र दश सदस्य रहेको टास्क फोर्स उनले गठन गरेका हुन् ।

टास्क फोर्समा कोरोना नियन्त्रण अभियान निर्माणमा ध्यान दिने सरकारी एजेन्सीका प्रमुख एवं इम्युनोलजिस्ट डाक्टर रिक ब्राइट प्रमुख रहेका छन् । महामारी नियन्त्रणका लागि राज्य एवं स्थानीय अधिकारीको समेत सरसल्लाह लिने बाइडेनले बताएका छन् ।

कोरोना संक्रमण नियन्त्रणका लागि बैज्ञानिक र विशेषज्ञको सल्लाह लिने बाइडेनले बताएका छन् । उनले महामारीको दोस्रो लहर आउन बाँकी रहेको भन्दै सबैलाई मास्क लगाउन अपिल पनि गरेका छन् ।

कोरोना महामारी नियन्त्रण गर्नु आफ्नो पहिलो प्राथमिकता भएको भन्दै बाइडेनले बढिरहेको संक्रमण रोक्नु र खोप पत्ता लगाउनु ठूलो चुनौती भएको पनि उल्लेख गरेका छन् ।

कोरोना भाइरसको महामारीबाट अमेरिका सबैभन्दा बढी प्रभावित भएको देश हो । त्यहाँ अहिलेसम्म एक करोड ३६ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । दुई लाख ३८ हजार भन्दा बढिको मृत्यु भएको छ । एजेन्सी