कोरोना संक्रमणबाट नेपालमा थप ९ जनाको मृत्यु भएको छ ।
झापामा तीन, रुपन्देही र बर्दियाका दुई-दुई र दाङ र चितवनमा एक–एक जनाको मृत्यु भएको हो ।
बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि आएका तीनजनाको उपचारको क्रममा ज्यान गएको छ ।
बर्दिया ठाकुरबाबा नगरपालिका २ का २९ वर्षीय पुरुष, बासगढी नगरपालिका–८ का ३५ वर्षीय पुरुष र दाङ घोराही उपमहानगरपालिका-१५ का ६४ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । झापा हल्दीबारी–४ का ७२ बर्षिय पुरुषको पनि उपचारको क्रममा नोबेल अस्पतालमा मृत्यु भएको छ ।
त्यस्तै कचनकबल गाँउपालिका-६ की ६८ वर्षीया महिलाको पनि सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । त्यस्तै मेचिनगर-२ का ८६ वर्षीय बृद्धको पनि नोबल अस्पतालमै उपचारको क्रममा मृत्यु भएको छ ।
मेडिकल कलेजमा उपचाररत चितवनको भरतपुर-१९ का ७७ वर्षीय वृद्धको पनि उपचारको क्रममा मृत्यु भएको छ । यसैगरी रुपन्देहीको भिम अस्पतालमा उपचारका क्रममा दुई संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिद्धार्थ नगर नगरपालिका-१२ का ७० वर्षीय पुरुष र लुम्बिनी सांस्कृतिक नगरपालिका-१० का ४७ वर्षीया महिला रहेका छन् ।