नेपाली बजारमा सुनको मूल्य मंगलबार एकै दिन तोलामा ३ हजार ४ सय रुपैयाँले घटेको छ ।
मंगलबार छापावाला सुन तोलामा ३ हजार ४ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार छापावाला सुन प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुन ९४ हजार तीन सयमा कारोबार भइरहेको महासंघले जनाएको छ।
त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि तोलामा ७० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार २ सय १५ रुपैयाँमा कारोबार भएको छ । सोमबार प्रतितोला १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ८ सय ८१ अमेरिकी डलरका दरले कारोबार भइरहेको छ ।