स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेकपा अध्यक्ष पुष्पकमल दाहाल र अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग मिल्नुको विकल्प नभएको बताएका छन् ।
प्रचण्डले केन्द्रीय सचिवालको औपचारिक बैठकका लागि सहमति दिन विलम्ब गरेपछि आफैले मगंलबार साँझसम्म बैठक डाक्ने तयारी गरिरहेका बेला ओलीका विश्वास पात्र पोखरेल प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन्।
पोखरेल निकट एक नेताका अनुसार पोखरेलले अब विवाद लम्बाउन नहुने दुई अध्यक्ष मिलेर समस्या समाधान गर्नुपर्ने भन्दै मगंलबार बिहान प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए ।
पोखरेलले दुई अध्यक्षबीच पहिले बैठक हुनु राम्रो भएकाले बैठकमा सहमत हुन प्रचण्डलाई आग्रह गरेका छन् । तर प्रचण्डले अब ओलीसँग बसेर छलफल गर्नुको अर्थ नरहेको भन्दै आफूहरुको अनुरोध अनुसार केन्द्रीय सचिवालय बैठक नै बस्नु पर्ने अडान लिएको स्रोतले जनाएको छ ।