logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चीनको सीमावर्ती क्षेत्र किमाथाङ्का जाँदै प्रधानमन्त्री ओली


अंकुरण खबर
3.588K
Shares

प्रधानमन्त्री केपी शर्मा ओली विकास आयोजनाको निरीक्षणका लागि भोलि बुधवार संखुवासभाको किमाथांका जाँदैछन् ।

चीनसँगको सीमावर्ती क्षेत्र किमाथांकामा विकास आयोजनाको निरीक्षण तथा सीमा सुरक्षाको अवलोकन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

अवलोकन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले कोशी करिडोर लगायत विकासका कामको निरीक्षण गर्नेछन् ।

मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओली बालुवाटार बाहिरका कार्यक्रममा कमै सहभागी हुने गरेपनि भोलि उपत्यकाबाहिर नै जान लागेका हुन् ।