logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तिहार बिदामा बैंकहरू बन्द हुने


अंकुरण खबर
793
Shares

बैंक तथा वित्तिय संस्थाहरू कात्तिक २९ गतेदेखि मंसिर १ गतेसम्म बन्द हुने भएका छन् ।

नेपाल बैंकर्स संघका अनुसार तिहार विदा हुने भएकोले तीन दिन बैंकका सम्पूर्ण शाखाहरू बन्द हुनेछन् ।

तर मोबाइल तथा इन्टरनेट बैकिङ, एटिएम सेवा भने नियमित रूपमा संचालन हुने बैंकर्स संघले जनाएको छ ।

संघले कोरोना भाइरस सक्रमणबाट बच्न तथा जोखिम न्यूनिकरणका लागि डिजिटल बैंकिङको अधिकत्तम प्रयोग गर्न समेत आग्रह गरेको छ ।

बैंकर्स संघले २७ वाणिज्य  बैंकका ६ हजारभन्दा बढी कर्मचारीमा कोरोना संक्रमण भइसकेको पनि जनाएको छ ।