logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेप्सेमा उछाल, दोहोरो अंकले बढेको बजारमा ४ अर्ब बढीको कारोबार


अंकुरण खबर
767
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा साताको तेस्रो दिन आज (मंगलबार) उछाल आएको छ ।

आज नेप्से २५.९८ अंकले बढेर १ हजार ६ सय ७८ दशमलव ७९ विन्दुमा कायम भएको हो । सेन्सेटिभ इन्डेक्स ५.०६ अंकले बढेर ३३०.३९ अंकमा पुगेको छ।

आज १९६ कम्पनीको ९६ लाख ५७ हजार सेयर खरिदबिक्री हुँदा ४ अर्ब ९ करोड ६१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

मंगलबार जलविद्युत् र म्युचुअल फण्ड बाहेक सबै समूहका उपसूचक उकालो लागेको छ। जलविद्युत् ०.६८ र म्युचुअल फण्ड ०.०२ अंकले ओरालो लागेको छ।

बैंकिङ समूहको उपसूचक ७.११, व्यापार १०९.४९, होटल ८७.४३, विकास बैंक ८.०७, फाइनान्स ३.८३ र निर्जिवन बिमा १६०.४ अंकले बढेको छ।

त्यसैगरी उत्पादन ४०.९, अन्य ४८.५८, माइक्रोफाइनान्स ४.८९ र जीवन बिमा समूहको उपसूचक ४७६.३६ अंकले बढेको छ।

आज साल्ट ट्रेडिङ कर्पोरेशनका लगानीकर्ताले सर्वाधिक कमाएका छन् भने विशाल बजार कम्पनीका लगानीकर्ता सबैभन्दा बढी गुमाएका छन्।