logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सचिवालय सदस्यहरुसँग छलफल गर्नुअघि ओलीलाई भेट्न बालुवाटार पुगे दाहाल


अंकुरण खबर
702
Shares

सत्तारुढ नेकपाका बहुमत सदस्यहरुसँगको छलफल अघि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्।

दाहालले अपरान्ह ४ बजे पार्टी सचिवालयका सदस्यहरुसँग छलफल गर्दै छन्। पार्टीभित्र देखिएको विवाद समाधान हुन नसकिरहेका बेला दाहालले प्रधानमन्त्री ओलीसँग छलफल गर्न लागेका हुन् ।

यसअघि ओली प्रचण्डबीच गत आइतवार भेटघाट भएको थियो । प्रचण्डले पार्टीभित्र देखिएको समस्या समाधानका लागि सचिवालय बैठक बोलाउन दवाव दिइरहेका छन् । भने ओली बिना एजेण्डा सचिवालय बैठक नबोलाउने अडानमा रहेका छन् ।

सोमबारसम्म सचिवालय बैठक राख्ने विषयमा सहमतिका लागि प्रधानमन्त्री ओलीलाई आग्रह गरे पनि उनी सकारात्मक नदेखिएपछि आज अपरान्ह सचिवालयका सदस्यबीच फेरि छलफल हुन लागेको स्रोतले जनाएको छ ।

दाहाल लगायतका नेताहरुले औपचारिक बैठक राख्ने तयारी गरिरहेका बेला मंगलबार बिहान ओलीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् स्थायी कमिटी सदस्य शंकर पोखरेललाई खुमलटार पठाएका थिए । त्यसअघि सोमबार महासचिव विष्णु पौडेलले पनि दाहालसँग छलफल गरेका थिए ।

आज बिहान खुमलटार पुगेर पोखरेलले अध्यक्ष दाहाललाई एक पटक प्रधानमन्त्रीसँग भेटवार्ता गर्न आग्रह गरेका थिए ।